४ मंसिर २०८३, शुक्रबार

एमालेद्वारा ३० गतेभित्र प्रतिनिधिहरूको लिस्ट बुझाउन निर्देशन, अधिकांश जिल्लामा निर्विरोध

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरिबाट अधिकांश जिल्लामा प्रतिनिधिहरू सर्वसम्मत छनोट भएका छन् ।

अधिकांश जिल्ला र विशेष कमिटीमा सर्वसम्मत प्रतिनिधि चयन भएको एमाले प्रचार विभाग उप–प्रमुख सूर्य थापाले जानकारी दिए । उनले सहमति हुन नसकेका जिल्ला कमिटीमा चुनावी प्रकृयाबाट प्रतिनिधि चयन गरिएको बताएका छन् ।

गोरखा, इलाम, नुवाकोट, पश्चिम रुकुम, रामेछाप, पूर्वी रुकुम, बैतडी, जाजरकोट, लमजुङ, प्यूठान, कास्की, कपिलवस्तु, अर्घाखाँची, बाग्लुङ, सङ्खुवासभा, खोटाङ, पाल्पा, नेपाल बुद्धिजीवी परिषद्, सिन्धुपाल्चोक, पेसागत विशेष जिल्ला कमिटी, मजदुर विशेष जिल्ला कमिटीलगायत जिल्लाबाट निर्विरोध प्रतिनिधि निर्वाचित भएका छन् ।

गुल्मी, म्याग्दी, मकवानपुर, दोलखा, हुम्ला, सल्यान, रोल्पा, गण्डकी प्रदेश कमिटी, प्रेस चौतारी नेपाल, अनेरास्ववियु, प्रोग्रेसिभ इञ्जिनियरिङ एसोसिएशन नेपाल ९पिन०, उद्योग व्यवसायी विशेष जिल्ला कमिटीमा समेत प्रतिनिधि चयन भएका छन् ।

एमालेले एक निर्वाचन क्षेत्रबाट एक महिला र एक दलित गरी पाँच प्रतिनिधि महाधिवेशनका लागि चयन गरेको छ ।

एमालेले प्रतिनिधिको विवरण कात्तिक ३० गतेसम्म केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ ।

एमालेले महाधिवेशनका लागि एक हजार नौ सय ९९ प्रतिनिधि चयन गर्ने निर्णय गरेको थियो । एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ ।

महाधिवेशनबाट एमालेले नेतृत्व चयन गर्नेछ । पदाधिकारीसहित दुई सय २५ जनाको केन्द्रीय कमिटी र अनुशासन आयोग तथा लेखा आयोग गरी १५–१५ जना निर्वाचित हुनेछन् ।