४ मंसिर २०८३, शुक्रबार

जेल बसेर छुटेका ढुंगेल एमालेको प्रतिनिधि चयन

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । मान्छे मारेको अभियोगमा सर्वस्वसहित जन्मकैदमा जेल बसेर माफी पाएर छुटेका बालकृष्ण ढुंगेल एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् ।

एमालेका अध्यक्ष केपी ओली प्रमुख रहेको पार्टी स्कूल विभागबाट ढुंगेल महाधिवेशनका लागि प्रतिनिधि चयन भएका हुन् ।

ढुंगेल ओखलढुंगा जिल्लाबाट २०६४ सालमा माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । माओवादी पार्टी छाडेर उनी एमालेमा प्रवेश गरेका छन् ।

ढुंगेल हाल एमालेको प्रदेश १ को प्रदेश कमिटी सदस्य छन् ।

ढुंगेलसँगै स्कूल विभागबाट दयालवहादुर शाही, घनश्याम कोइराला, हिमबहादुर क्षेत्री, तेजकुमारी खड्का लगायत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।