काठमाडौं, २७ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डको ब्लडप्रेसर बढेपछि अस्पताल भर्ना भएका छन् ।
शनिबार दाहाल ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका छन् । उनलाई आरामको जरुरी रहेकाले चिकित्सकको निगरानीमा एक दिन अस्पतालमै राखिने भएको हो ।
प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार स्वास्थ्य अवस्था सामान्य छ ।
दाहाललाई शुक्रबारदेखि ब्लडप्रेसर बढिरहेको थियो । उनले शनिबार करेलाको झोल खाएका थिए । रक्तचाप सन्तुलनमा नआएपछि दाहाललाई मेडिसिटी अस्पताल लगिएको थियो ।
दाहालले करेलाको झोल खाएपछि बमिट गरेको छोरी गंगा दाहालले बताएकी छिन् ।











प्रतिक्रिया