काठमाडौं, २६ कात्तिक । नेकपा (एकीकृत समाजवादी)ले विभिन्न दल र शक्तिहरूसँग भएको वार्ताबारेको रिपोर्ट ल्याएको छ ।
शुक्रबार काठमाडौंमा बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा महासचिव वेदुराम भुसालले रिपोर्ट प्रस्तुत गरेका थिए । सो रिपोर्टबारेको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय भएको छ ।
बैठकले कुनैपनि पार्टीको शक्ति, क्षमता र जनाधार, राजनीतिक दृष्टिकोण र महत्वका आधारमा सबैसँग वार्ता गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।











प्रतिक्रिया