काठमाडौं, २६ कात्तिक । कामना सेवा विकास बैंकले आफ्नो १५औं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी (पश्चिम) जिल्लामा सुईटर र मोजा वितरण गरेको छ ।
बैंकले सरावल –०२, दङ्गियास्थित श्री जनशक्ति प्राथमिक विद्यालयमा आउँदै गरेको जाडो मौसमको लागि सुईटर तथा मोजा वितरण गरेको हो ।
कार्यक्रममा बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो ।
बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने जनाएको छ ।















प्रतिक्रिया