दोहा, २६ कात्तिक । कतार एयरवेज र हमाद इन्टरनेशनल एयरपोर्टको नयाँ अभियान ‘फ्लाई एण्ड विन’ले अवार्ड विजेता एयरलाइनमार्फत उडान भर्ने यात्रुहरुका लागि अमेरिकी डलर मिलेनियर बन्ने अवसर, कतार एक्जेकयूटिव प्राइभेट जेटमा माल्दिभ्सको जीवनकै अभूतपूर्व यात्रा अनुभव वा ब्राण्ड न्यू (नयाँ) पोर्श कार चढ्ने अवसर प्रदान गर्ने भएको छ ।
र्याफलमा प्रवेश पाउन यात्रु, कतार एयरवेजको लोयल्टि प्रोग्राम, प्रिभलेज क्लबमा समावेश भएको हुनु पर्नेछ र स्काइट्रयाक्सद्वारा हालै विश्वको उत्कृष्ट विमानस्थलको पदवी प्रदान गरिएको हमाद इन्टरनेशनल एयरपोर्ट मार्फत एयरलाइनको विस्तारित सञ्जाल मध्य कुनै स्थानमा उडान भरेको हुनुपर्नेछ ।
कतारएयरवेज डट कम वा ट्राभल एजेन्सी मार्फत, १ नोवेम्बरदेखि ३१ जनवरी २०२२ सम्म खरिद गरी प्रयोग भएका हरेक टिकटमार्फत यात्रुले कुनै एक उपहार जित्न सक्नेछन् ।
युएसडी १ मिलियन
आवास ब्यवस्थाका सहित माल्दिभ्स यात्राका लागि कतार एक्जेक्यूटिवका साथमा प्राइभेट जेट अनुभव
एउटा नयाँ पोर्श कार
यी आकर्षक उपहारहरुका साथ, कतार एयरवेज मार्फत उडान भर्न थप कारणहरु थपिएका छन् । विश्वकै उत्कृष्ट एयरलाइन र विश्वकै उत्कृष्ट विमानस्थलका रुपमा भोट गरिएका दूबै एयरलाइन र एयरपोर्टलाई महामारीको समयमा यात्रु तथा कर्मचारीको सुरक्षार्थ अपनाएका जैविक सुरक्षाका प्रयासहरुको पहिचान गर्दै स्काइट्रयाक्सद्वारा फाइभ स्टार कोभिड सेफ्टी रेटिङ्ग पनि प्रदान गरिएको छ ।
अहिले कतारएयरवेज डट कम/विन ( त्रबतबचबष्चधबथक।अयmरधष्ल ) मा दर्ता भएका मध्य हरेक उपहारका लागि १ जनाको छनोट तथा घोषणा सने २०२द्द फेब्रुअरीमा गरिनेछ ।
बहुसंख्यक अवार्ड विजेता एयरलाइन कतार एयरवेजलाइ अन्तर्राष्ट्रिय हवाई यातायात मूल्यांकन संगठन, स्काइट्रयाक्सले वल्र्ड्स बेस्ट विजनेस क्लास, वल्र्ड्स बेस्ट विजनेस क्लास एयरलाइन लाउन्ज, वल्र्ड्स बेस्ट विजनेस क्लास एयरलाइन सिट, वल्र्ड्स बेस्ट बिजनेस क्लास अनबोर्ड क्याटरिंष् र बेष्ट एयरलाइन इन मिडल इस्ट गरी ५ विभिन्न अवार्डका साथै ‘एयरलाइन अफ द इयर’पनि घोषणा गरिएको थियो ।
अभूतपूर्व छैठौँ पटक मुख्य पुरस्कार हात पार्दै (सन् २०११, २०१२, २०१५, २०१७, २०१९ र हाल २०२१) एयरलाइनले उद्योगकै शिर्ष स्थानमा एकछत्र छाप छोड्न सफल भएको छ । एयरलाइनको हबका रुपमा परिचित, हमाद इन्टरनेशनल एयरपोर्ट (एचआईए)लाई पनि स्काइट्रयाक्स वल्र्ड एयरपोर्ट अवार्ड २०२१ मार्फत शिर्ष स्थानमा राख्दै हालसालै ‘बेष्ट एयरपोर्ट इन दि वल्र्ड’को उपाधी प्रदान गरिएको छ ।
स्काइट्रयाक्स मार्फत सम्मानित फाइभ–स्टार कोभिड–१९ एयरलाइन सेफ्टी रेटिंग प्राप्त गर्ने कतार एयरवेज एयरलाइन विश्वकै पहिलो ग्लोबल एयरलाइन हो । त्यसैगरी, हमाद इन्टरनेशनल एयरपोर्टले (एचआईए) मिडल इस्ट र एसियामै स्काइट्रयाक्स फाइभ–स्टार कोभिड–१९ एयरपोर्ट सेफ्टी रेटिंग प्राप्त गर्ने पहिलो विमानस्थल बन्न सफल भएको छ । यी अवार्डहरुले विश्वभरका यात्रुलाई एयरलाइनको स्वास्थ्य तथा सुरक्षा मापदण्डहरु ब्यवसायिक, स्वतन्त्र छानबिन र मूल्यांकनको उच्चतम सम्भावित मापदण्डहरुको अधिनमा रहेको प्रत्याभुति प्रदान गर्छन् ।















प्रतिक्रिया