७ कार्तिक २०८३, शनिबार

रियलमी जिटी नियो २ को मूल्य ५१ हजार

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । विश्वमा सबैभन्दा छिटो अघि बढी रहेको स्मार्टफोन ब्रान्ड, रियलमीले औपचारिक रुपमा नेपालमा रियलमी जिटी नियो २ सार्वजनिक गरेको छ ।

जसको मूल्य रु. ५४,१९९ रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जसमा ८/१२८ जीबी स्टोरेज रहनेछ । लोकप्रिय फ्लागसिप किलर रियलमी जिटी लाइनअपमै आधारित यस नियो फ्लागसिप किलर रियलमी जिटी नियो २ धेरै स्मार्टफोन चलाउने प्रयोगकर्ताहरुको लागि बनाइएको हो जसमा प्राविधिक नवीनताका साथै सुन्दर डिजाइन देख्न सकिनेछ ।

शुरुका ग्राहकहरुले तोकिएको भन्दा रु.३००० कम मूल्य रु. ५१,१९९ मा यो मोवाइल फोन खरीद गर्न पाउनेछन् ।

रियलमी जिटी नियो २ लाई क्वालकम स्नापड्रागन मोबाइल प्लाटफर्मले पावर गरेको छ ।

यसको लम्बाइ १६२.९ एमएम, चौडाइ ७७५.६ एमएम र उचाइ ८.६ एमएम रहेको छ ।

क्वालकम स्नापड्रागनले प्रयोगकर्तालाई सन्तुलित प्रदर्शन सँगै स्थिरताको अनुभव प्रदान गर्दछ ।