काठमाडौं, २४ कात्तिक । कामना सेवा विकास बैंकले आफ्नो १५औं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्लाको सोह्रखुट्टेस्थित नेपाल वरिष्ठ नागरिक समाजद्वारा संचालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामाग्री सहयोग गरेको छ ।
उक्त कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख, रिकभरी विभाग प्रमुख तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो ।
बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लगिने जनाएको छ ।















प्रतिक्रिया