७ कार्तिक २०८३, शनिबार

आइएमईको वर्ड भ्रमण विथ साइग्रेस सुरू

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमईले वर्ड भ्रमण विथ साइग्रेसको आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रम नेपालका सात वटै प्रदेशका मुख्यमुख्य शहरहरूमा कात्तिक २३ देखि मङ्सिर १७ (९ नोभेम्बर देखि ३ डिसेम्बर, २०२१ ) सम्म आयोजना हुन गईरहेको छ ।

वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साईग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सहि सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुती गर्नुहुनेछ ।

कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ ।