१९ कार्तिक २०८३, बिहिबार

पाँच दलीय गठबन्धन लोकतन्त्रको भक्षक हो: अध्यक्ष ओली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी ५ दलीय गठबन्धन लोकतन्त्रको नाश गर्ने भक्षकहरुको समूह भएको बताएका छन् ।

आइतबार काठमाडौंमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ यस्तो बताएका हुन् ।

‘अहिले यो ५ दलीय गठबन्धन छ नि ! बर्का राधे राधे लगाएका हुन् कि ? राम राम लगाका हुन कि कृष्ण कृष्ण । यी सबै लोकतन्त्रका भक्षकहरु हुन् भक्षीहरु हुन्’, ओलीले भने, ‘यिनीहरुलाई लोकतन्त्रका मूल्य मान्यता होइन, सत्ता चाहिएको छ, स्वार्थ पुरा गर्नुछ ।’

उनलेे एमाले नभएको भए लोकतन्त्र धरापमा पर्ने समेत बताएका छन् । ‘हामी हुँदैनथियौ भने १७ साल अस्ति नै आइसक्थ्यो यहाँ एमाले छ त्यसकारण १७ साल आउन सक्दैन’, ओलीको भनाइ छ ।

उनले एमाले विरुद्ध अन्तराष्ट्रिय शक्ति समेत लागेको भन्दै एमाले विरुद्धका भ्रम तोड्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।