१९ कार्तिक २०८३, बिहिबार

सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ कात्तिक । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न राष्ट्र संघीय मिसनहरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्याउदै आईरहेको छ ।

त्यही अनुरुप कात्तिक १९ गते युनाइटेड नेशन डिसइन्गेजमेन्ट अवजर्वर फोर्स सिरियामा तैनाथ फोर्स हे.क्वा. सर्पोट युनिट (शा.से.) दशौं डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शा.से.) पाँचौ डफ्फा, ईन्जिनियर से.मु. (शा.से.) छैठौं डफ्फा, लेवल १ (+) अस्पताल (शा.से.) तेश्रो डफ्फा र क्लोज प्रोटेक्सन युनिट (शा.से.) दोश्रो डफ्फामा सहभागि हुनको लागि सेनानी सुनिल थापाको कमाण्डमा १६२ जनाको नफ्री युटी एअर रसियाको उडान नं. युटीए ९११६ मार्फत काठमाडौँबाट शुक्रबार विहान ९ बजे प्रस्थान गरेका छन् ।

कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जनाएको छ ।