१९ कार्तिक २०८३, बिहिबार

महाधिवेशन समयमै हुन्छ, हुन्छः प्रधानमन्त्री देउवा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ कात्तिक । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन निर्धारित समयमै हुने दावी गरेका छन् ।

प्रधानमन्त्री देउवाले काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्वारा शुक्रबार आयोजित दिपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा .महाधिवेशन हुँदैन भन्नेहरूका कुरा नपत्याउन आग्रह गर्दै अधिवेशन समयमै हुने जिकिर गरे ।

’जसले जे भनेपनि नपत्याउनुस् । अधिवेशन समयमा हुन्छ, हुन्छ । अब महाधिवेशन पार्टी सभापतिको हातमा छैन । निर्वाचन समितिको हातमा छ । मैले चाहेर पनि हुँदैन । त्यसकारण उहाँहरु महाधिवेशन गर्न प्रतिबद्ध हुनुहुन्छ,’ देउवाले भने ।

’हाम्रो पार्टीको महाधिवेशन समयमै होस् भन्ने कुरामा निर्वाचन समितिका सदस्यहरु चिन्तित हुनुहुन्छ,’ उनले भने, ’मैले मंसिरभित्र कुनै हालतमा महाधिवेशन सक्न निर्देशन दिएको छु । उहाँले मंसिरभित्र सक्ने प्रतिबद्धता जनाउनुभएको छ । महाधिवेशनको तयारीमा लाग्नुहोला ।’

उनले भने, ’भरसक सर्वसम्मतिबाट सभापति बनाउनुस् । हुँदै हुँदैन भनेपछि स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउनुस् ।’

उनले भने, ’प्रतिस्पर्धामा जाँदा जीत हार हुन्छ । जित्नेले हार्नेको सहयोग लिने र हार्नेले जितेकालाई साथ दिनुपर्ने हुन्छ । जित हारमा दुस्मनी नबढोस् ।’

उनले भने, ’कोरोना विरुद्धको खोप लगाउन अति आवश्यक छ । यसलाई सबैले लगाउनु होला ।’