
काठमाडौँ, १९ कत्तिक । नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् ।
प्रहरीले लामासहित १८ जनालाई काठमाडौँको बौद्ध नयाँ बस्तीको जुवाखालबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुको साथबाट ६ लाख नगद बरामद गरिएको छ । सागर लामाको फ्ल्याटमा पेसेवर रुपमा नै जुवा खेलाइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । लामा हाल फरार रहेको प्रहरीको भनाइ छ ।












प्रतिक्रिया