१९ कार्तिक २०८३, बिहिबार

चितवनको भरतपुरमा ३६ घण्टापछि विद्युत आयो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । सबस्टेसनमा समस्या आएपछि चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टापछि विद्युत आपूर्ति सुरु भएको छ ।

भरतपुरमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द रहेको थियो ।

भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको थियो । ती स्थानहरुमा बिहीबार बिहान १ बजेदेखि विद्युत आपूति सुरु भएको विद्युत प्राधिकरणले जनाएको छ ।

समस्या भएको स्थानमा ट्रान्सफर्मर बदलीका साथै अन्य आवश्यक मर्मतको काम सकेर विद्युत सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

यसैबीच भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या परेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि चितवन पुगेका थिए ।