
विराटनगर, १६ कात्तिक । प्रदेश १ को नयाँ प्रदेश सरकारले यसअघि एमालेको नेतृत्वले गरेका निर्णयहरु खारेज गर्ने भएको छ ।
मंगलबार नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वमा बसेको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्तिहरू खारेजीको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले प्रदेश १ का १३७ स्थानीय तहका विपन्न, दलित, अल्पसङ्ख्यक, र सीमान्तकृत समुदाय मध्येबाट एक एक जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्ति दिने निर्णय पनि गरेको छ ।












प्रतिक्रिया