
विराटनगर, १६ कात्तिक । प्रदेश १ को नयाँ मुख्यमन्त्री एकीकृत समाजवादीका नेता राजेन्द्र राई नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
आज दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सकिएपछि राई मुख्यमन्त्री नियुक्त भएका हुन् ।
सोमबार भीम आचार्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि समय तोकिएको थियो ।












प्रतिक्रिया