
काठमाडौँ, १५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ५३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ४६८ र एन्टिजेन विधिबाट ४ हजार १९६ एन्टिजेन परीक्षण गरिएकोमा ५३३ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख ७ हजार ६३८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४९० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ९२ हजार २७७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेको छ ।
हालसम्म ७० लाख बढी जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४१६ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया