
काठमाडौं, १५ कात्तिक । सर्वोच्च अदालतका न्यायाधीशहरुले चैतसम्म काम गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको प्रस्तावलाई अस्वीकार गरेका छन् ।
सोमबार न्यायाधीशहरुसँगको छलफलमा प्रधानन्यायाधीशको प्रस्तावलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीशले चैतसम्म काम गर्ने प्रस्ताव कपटपूर्ण रहेको भन्दै न्यायाधीशहरुले अस्वीकार गरेका हुन् । यद्यपि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दामा भने सुनुवाई गर्ने भएका छन् ।












प्रतिक्रिया