१९ कार्तिक २०८३, बिहिबार

ओलीको क्रेजः चितवन जाँदा बीच बाटैमा स्थानीयले गरे स्वागत

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई चितवन जाँदा बीच बाटैमा रोकेर स्थानीयले स्वागत गरेका छन् ।

दुईदिने चितवन बसाइँको कार्यक्रममा सडकमार्गबाट गएका ओलीलाई स्थानीयले बाटोमै स्वागत गरेका हुन् ।

ओली केही नेताहरूसहित काठमाडौँदेखि सडकमार्ग हुँदै चितवन गए उनले दासढुंगादेखि प्रस्तावित अयोध्याधामसम्म पुग्ने ओलीको कार्यक्रम छ ।

ओलीलाई बीच बाटैमा गाडी रोकेर स्थानीयले स्वागत गरेका छन् । ओलीसँगै स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य प्रभु साहलगायतका केन्द्रीय नेताहरू छन् ।

ओलीले नारायणगढ–मुग्लिन सडकखण्डस्थित दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नेछन् ।

ओलीले दशौँ राष्ट्रिय महाधिवेशनस्थलको निरीक्षण गर्ने कार्यक्रम पनि रहेको छ ।

त्यसपछि भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गरेर सम्बोधन गरेपछि उनले केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालयको उद्द्घाटन गर्ने कार्यक्रम छ ।

चितवनमा मंसिर १० देखि १२ गतेसम्म एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदैछ ।