
काठमाडौँ, १४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार अपरान्ह एकल इजलासमा सुनुवाई बसेका छन् ।
अदालतका सबै न्यायाधीश र नेपाल बार एशोसियसनका वकिलहरुले जबरालाई इजलास नबस्न र राजीनामा दिन चेतावनी दिए पनि त्यसको वेवास्ता गर्दै जबराले सुनुवाइ गरेका हुन् ।
सर्वोच्च प्रशासनका अनुसार अपरान्ह ३ बजे एकल इजलासमा पुगेका प्रधानन्यायाधीस जबराले नेपाली सेनाको सैनिक विशेष अदालतमा पुगेको मुद्दा जोडिएको क्षेत्र अधिकारको विषयमा प्रारम्भिक सुनुवाइ गरेका छन् ।
महान्याधिवक्ता कार्यालयले दर्ता गरेको रिट निवेदनमा सरकारी वकिलहरु वहस गरेका थिए ।












प्रतिक्रिया