काठमाडौं, १४ कात्तिक । कार्यबाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाणले काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको सरुवाका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै असमझदारी नभएको बताएका छन् ।
गृह मन्त्रालयमा शनिबार सुरक्षासम्बन्धी समाचार लेख्ने पत्रकारहरूसँगको भेटघाटमा खाणले काठमाडौं प्रहरी प्रमुख अशोक सिंहको सरुवाका विषयमा स्पष्ट पारेका हुन् । उनले प्रधानमन्त्री देउवाकै निर्देशनानुसार आफूले काम गर्ने भएकाले कुनै असमझदारी नभएको बताए ।
उनले यसअघिका सरकारले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको माओवादीसँग गरेका सम्झौता कार्यान्वयनका लागि निरन्तर वार्ता गरिरहेको जानकारी पनि दिएका छन् ।
विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँग निरन्तर वार्ता भइरहेको जानकारी पनि मन्त्री खाणले दिए ।
प्रहरीका लेखापालहरूको सरुवा साउनमै हुनुपर्ने उल्लेख गर्दै मन्त्री खाणले भने, ‘मापदण्ड बनाएर गरौँभन्दा अलि ढिला भएको हो ।’











प्रतिक्रिया