४ मंसिर २०८३, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकमा ८ सयभन्दा धेरैका लागि रोजगारी खुल्यो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि आठ सयभन्दा बढी संख्यामा आवेदन खुलाएको छ।

आयोगले वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जना माग गर्दै आज आवेदन खुला गरेको हो ।

अनलाइन आवेदन सोमबारदेखि भर्न सकिन्छ । २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धकलगायत विभिन्न पदमा गरी कूल आठ सय ३५ जना माग भएको हो ।

यसबारे विस्तृत सूचना आजको गोरखापत्रमा आयोगले निकालेको छ । लिखित परीक्षा भने आयोगले सञ्चालन गर्नेछ। परीक्षा केन्द्रबारे पछि जानकारी दिइने सूचनामा उल्लेख छ ।

अधिकृतस्तरको परीक्षा आयोगले तोकेअनुसार काठमाडौंमा र सहायक स्तरको परीक्षा आयोगका सम्बन्धित कार्यालयबाट प्रदेशहरूमै हुनेछ । मंसिर ५ गतेभित्र फाराम भरिसक्नुपर्नेछ ।