आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

शशि थापा एनआरएनए मेरिल्याण्डको सल्लाहकारमा मनोनीत

दैनिक नेपाल २०७८ कार्तिक १३ गते ९:५५

बाल्टिमोर । एनआरएनए मेरिल्याण्ड च्याप्टरले शशि थापालाई च्याप्टरको सल्लाहकार मनोनीत गरेको छ ।

उनी लम्जुङ्ग अमेरिका सेवा समाजको अध्यक्ष हुन् । शशि थापा बाल्टिमोरका एक सफल ब्यबसायी र सक्रिय समाजसेवी पनि हुन् ।

थापाले मेरिल्याण्डमा बिभिन्न सामाजिक कामहरूमा सहयोग प्रदान गर्दै आएका छन् । उनले नेपालमा पनि आइपर्ने बिभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् ।

थापासंगै ११ जना ब्यक्तित्वहरू सल्लाहकार मनोनीत भएका हुन् । यसरी मनोनीत हुनेहरूमा बिष्णु बराल, बिनोद उप्रेती, अनु वन्त, सबि थापा, कुलप्रसाद गुरुङ, धर्म बेलबासे, बिक्रम केसी, सन्तोष पौडेल, अंशु कार्की र ओसाविन श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित