काठमाडौं, १३ कात्तिक । गृह मन्त्रालयको कर्मचारी महाशाखाका प्रमुख सुनिल खनालले श्रीमतीलाई काठमाडौंको सहायक सिडियो बनाएका छन् ।
खनालले अनेक उपाय लगाएर पत्नीलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सहायक सिडिओ बनाएका हुन् ।
खनाल पत्नी सुप्रभालाई ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट रातारात गृहमा तानेर काठमाडौंको सहायक सिडिओको प्रबन्ध मिलाइएको स्रोतले जनाएको छ ।
सह–सचिव खनालले पत्नी सुप्रभालाई यसअघि नै ललितपुर पठाउन खोजेको गृह स्रोतको दाबी छ ।
सिडिओ र सहायक सिडिओ दुबै कांग्रेस निकट राख्न नहुने भन्दै ललितपुरका माओवादी नेताहरूले नमानेपछि रोकिएको थियो ।
अर्कोतिर महिनौंदेखि गृहमा तानेर जगेडामा राखिएका झण्डै एक दर्जन उप–सचिवलाई बिहीबार विभिन्न जिल्लाको सहायक सिडिओ बनाएर खटाइएको छ ।











प्रतिक्रिया