१९ कार्तिक २०८३, बिहिबार

एमालेले थप्यो ४ सय महाधिवेशन प्रतिनिधि

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ कात्तिक । नेकपा एमालेले १० औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या थपेको छ ।

शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनका लागि स्थायी कमिटीले गरेको प्रस्तावमा छलफल पछि (१५३६) लाई बढाएर १९९९ पुर्याएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

तर, केन्द्रीय कमिटीमा नेताहरुले संख्या बढाउन माग गरेपछि उक्त संख्या बढेको हो । त्यस्तै शुक्रबारको बैठकले महाधिवेशन मुल व्यवस्थापन समितिमा २ जना थपेर २३ सदस्यीय बनाएको छ । नयाँ थप भएका सदस्यहरूमा नेता रघुजी पन्त र शेरबहादुर तामाङ थपिएका हुन् ।

कात्तिक २७ मा प्रतिनिधि निर्वाचन

शुक्रबारको बैठकले आगामी कात्तिक २७ गते एकैदिन एमाले प्रतिनिधि छनोटका लागि निर्वाचन गर्ने गरी मिति तय गरेको छ । सो पार्टीले महाधिवेशनमा विधुतीय मतदान मेसिन प्रयोग गर्ने जनाएको छ ।

त्यसका लागि शुक्रबारको बैठकअघि उक्त मेसिनको परीक्षण गरेको थियो । एमालेको केन्द्रीय कमिटीको बैठक मंसिर ९ मा सौराहामा बस्नेछ ।