२९ आश्विन २०८३, बिहिबार

चलचित्र ‘राम जाने’को महेन्द्रनगरमा शुभ मुर्हत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puskar-bhatta-film-ram-jane

काठमाडौं । नेपालका चर्चित खलनायक दिनेश शर्माको चलचित्र ‘राम जाने’को शुभ मुर्हत गरिएको छ ।

आइतबार महेन्द्रनगरको डाउनाबेवरी रिसोर्टमा पुजापाठ तथा क्यामेरा ओपन गरेर शुभ मृर्हत शट लिइएको हो । चलचित्रको शुभ मुर्हत कलाकार दिनेश शर्मा, प्रमुख खलनायक पुस्कर भट्ट लगायतको युनिटले आइतबार आयोजित कार्यक्रममा गरेको हो ।

रक्षन्दा फिल्मस्को प्रस्तुति तथा रजनी शर्माको निर्माणमा बन्न लागेको चलचित्रको शुभ मृर्हत कार्यक्रममा नेपाली सिने क्षेत्रका कलाकारहरु उपस्थित थिए । चलचित्र ‘राम जाने’का निर्देशक जनक खकुरेलले चलचित्रलाई बढीभन्दा बढी मनोरञ्जनात्मक बनाउने कोसिस गर्ने बताए ।

ram-janeनिर्देशक खकुरेलका अनुसार चलचित्र पारिवारिक माया, प्रेम र मायाको महत्वका विषयमा केन्द्रीत हुनेछ । ‘एउटा विग्रको मान्छे परिवारको माया पाएपछि कसरी सहि बाटोमा आउँछ, विग्रको मान्छेले मायामा कसरी ट्रयाक परिवर्तन गर्छ भन्ने कुरा देखाउन खोजेका छौं,’ निर्देशक खकुरेलले भने ।

चलचित्रमा जनक गुरुङको द्वन्द्व, कथा पटकथा संवाद दिनेश शर्मा, नृत्य दिलु ओखेडा, संगीत विनोद खम्बु, छायांकन पवन घिमिरेले गर्ने भएका छन् ।

ram-jane-unitभने, चलचित्रमा कलाकारहरु दिनेश शर्मा, पुस्कर भट्ट, नायक रोहित रुम्बा, नायिका निशा नेपाल, सह–नायिका रिता चन्द, सह–खलनायक तेजा ऐर, धिरज चन्द, खेमु श्रेष्ठ, विशाल तामाङ, बुद्धिकुमार तामाङ, सिवेक सिंह रहेका छन् ।

चलचित्रको सम्पूर्ण छायांकन सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरुमा हुने बताइएको छ । ‘सुदूरपश्चिमका शुक्लाफाँटा, दोधारा चाँदनी झोलुङ्गे पुल, महेन्द्रनगर बजार, डडेल्धुरा लगायत स्थानमा शर्ट लिने योजना छ,’ चलचित्र खलनायक पुष्कर भट्टले भने । चलचित्रको छायांकन एक महिनाभित्रै सम्पन्न हुनेछ । ६ महिनाभित्रै हलमा प्रदर्शन हुने ‘राम जाने’ युनिटले जनाएको छ ।

ram-jane-poster puskr-dinesh