२९ आश्विन २०८३, बिहिबार

वाल्टिमोरमा नेपालीहरूको चङ्गा मेला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोर क्षेत्र वरपर बसोबास गर्ने नेपालीहरूले चङ्गा मेलाको आयोजना गरेका छन् ।

मेरिल्याण्ड राज्यको गन पाउडर फल्स स्टेट पार्कमा अक्टोबर २४ आइतबारका दिन दिउसो चङ्गा मेला सम्पन्न भएको छ ।

कार्यक्रमको आयोजना लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजले गरेको हो ।

अमेरिकामा रहेका दोश्रो पुस्तालाई नेपालका चाडपर्व र कला संस्कृतिका बारेमा चिनाउन मेला आयोजना गरिएको लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजका संस्थापक बैकुण्ठ मान श्रेष्ठले बताए ।