३० आश्विन २०८३, शुक्रबार

बागलुङको पछिल्लो मतपरिणाम (लाइभ अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mat-parinam

काठमाडौँ, २९ चैत ।

बागलुङ क्षेत्र नम्बर १ मा भएको संविधानसभा उपनिर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ ।

आइतबार भएको मतगणनामा काँग्रेस उम्मेदवार चम्पादेवी खड्का काँग्रेस १७ हजार १ सय ५४ मतले विजयी भएकी हुन् । अघिल्लो निर्वाचनमा विजयी बनेका नेपाली कांग्रेसको तर्फबाट स्व सभासद् हरिबहादुर खड्काकी श्रीमती चम्पादेवी नै उम्मेदवार बनेकी थिइन् । गत मंसिरमा सडक दुर्घटनामा परी सभासद् खड्काको निधन भएको थियो । त्यतिबेला खड्काले १३ हजार पाँच सय मत पाएका थिए ।

खड्कालाई नेकपा एमालेकी उम्मेदवार मना केसीले टक्कर दिइन् । उनले १५ हजार ६८ मत पाइन् ।