भक्तपुर, ४ कात्तिक । भक्तपुर जिल्लामा प्रहरीले ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई ८० लाख रुपियाँसहित पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रूपियाँसहित बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका–१० पाण्डवखानी घर भएका मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको थियो ।
लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोवार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपियाँसहित नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपियाँ फेला पारेको छ ।
उनलाई आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।