काठमाडौं, ४ कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा १ लाख रुपियाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतीमा परिणत हुने सुविधा रहेको छ ।
यस बचत खाताको समयावधी ग्राहकहरूको इच्छा अनुसार १ वर्षदेखि ५ वर्षसम्मको रहने बैंकले जनाएको छ । मुद्दतीमा परिणत भएको रकमको बैंकले मुद्दती खातामा प्रकाशित गरेको उच्चतम ब्याजदर कायम हुनेछ ।
यसका साथसाथै, नयाँ हाइब्रिड बचत खातावाल ग्राहकहरुले एक वर्षसम्मको लागि मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा तथा भिजा डेबिट कार्डको सुविधा निःशुल्करुपमा प्राप्त गर्नेछन् ।
बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी समयसमयमा यस्ता योजनाहरु ल्याउने गरेको छ ।















प्रतिक्रिया