
काठमाडौँ, २ कात्तिक । नेपाल स्टक एक्सचेन्ज परिसुचक (नेप्से) ७६ अंकले घटेको छ ।
सेयर बजारमा वाणिज्य बैंकहरुबीच देखिएको चर्को ब्याजदर बढाउने प्रतिस्पर्धाको नकरात्मक असर देखिएको हो ।
वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएपछि सेयर बजारमा एकै दिन ७६.९६ अंकको गिरावट आएको हो ।
लगानीकर्ता हतोत्साहित हुँदा सेयर बजारमा भारी गिरावट आएको हो ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १३ अंक माथिले घटेको छ । त्यस्तै, आज ९ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ करोडको कारोबार भएको छ । आज अधिकांश कम्पनीहरुको मूल्यमा भारी गिरावट आएको छ ।















प्रतिक्रिया