७ कार्तिक २०८३, शनिबार

नबिल बैंकको डेपुटी सीइओमा मनोज ज्ञवाली नियुक्त

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ कात्तिक । नबिल बैंकको महाप्रबन्धकमा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् ।

बैंकले १४ महिनाअघि नबिलको नायव महाप्रबन्धकमा नियुक्त भएका ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको हो ।

नबिलमा महाप्रबन्धकलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइने चलन छ ।

सुजित शाक्य र बिनय रेग्मी अहिले डेपुटी प्रमुख कार्यकारी अधिकृत छन् । अब ज्ञवाली पनि थपिएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले आफ्नो बैंकिङ करियरमा ज्ञवालीजस्तो मेहेनति र सामूहिकतामा काम गर्न रमाउने मान्छे कमै भेटेको बताए ।

उनले ज्ञवालीले बैंकिङलाई भ्यालु एडिसनमा लैजान मद्दत गरेको समेत बताए । बैंकको सोमबार बसेको सञ्चालक समितिले ज्ञवालीलाई बढुवा गरेको हो ।

ज्ञवाली नबिल आउनुअघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । कार्यकाल बाँकी छँदै उनले ज्योति छाडेका थिए। ज्ञवालीसँग नियामक नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव छ। उनी चार्टर्ड एकाउन्टेन्ट हुन् ।