७ कार्तिक २०८३, शनिबार

“सुरक्षित दशैँ मनाऔँ” भन्ने नाराका साथ सिभिल बैंकले सियसआर कार्यक्रमको आयोजना गरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असोज । सिभिल बैंक लिमिटेडले यस वर्षको दशैँको अवसरमा “सुरक्षित दशैँ मनाऔँ” भन्ने नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अगाडी ल्याएको छ ।

वडा दशैंको नवौँ दिन अर्थात नवमीमा भक्तजनहरुको मन्दिरहरुमा बाक्लो घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने संभावनालाई मध्यनजर गर्र्दैै बैंकले काठमाण्डांैको तलेजु भवानी, काल भैरब, नरदेवी तथा कन्केश्वरी अजीमा देवीको मन्दिर परिसरमा फेसमास्क तथा स्यानीटाईजर वितरण गर्ने भएको छ ।

यसले वडा दशैंमा श्रद्धालु भक्तजनमाझ कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वताएका छन् ।