
काठमाडौँ, २४ असोज । नबिल बैंकले गत वर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात यो वर्ष पनि “नयाँ लुगा” नामक दशैँको भिडियो सार्वजनिक गरेको छ ।
यस नयाँ भिडियो नेपालीहरुको महान चाड दशैँ मनाउन शहरमा बसोबास गर्ने र दशैँ मनाउन गाउँ फर्कने कथामा आधारित छ, यो कथा आम नेपालीहरुको आत्मकथा पनि हो ।
भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन, घरबाट छोरीको फोन आउ“दछ, दशैँमा नयाँ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशैँ किनमेल गरेर गाउँ फर्किन्छन् ।
फर्किँदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनी खुशीको लागि उनी रात भरी हिँडेर गाउँ पुग्दछन् । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
घर पुग्दा छोरी, आमा अनी छोरीको साथी समेत सबै जना खुशी भई दशैँ मनाउने तयारी गर्दछन र अब जागिर खान शहर जाने होइन, गाउँमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ ।
यसैगरी दशैंको यस भिडियोले सकभर दशैँमा आफ्नो परिवारसँग भेटि सुरक्षित साथ खुशी साटासाट गर्छौँ भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ ।
भिडियो हेर्न लिंकहरुमा जानुहोस्ः
फेसबूकः जततउकस्रराद।धबतअजरडथउह्ज्ह्ल्श्ख्रि
इन्स्टाग्रामः जततउकस्ररधधध।ष्लकतबनचबm।अयmरतखरऋग्हक्टधश्जष्भ्क्ररुगतm)कयगचअभ.ष्न)धभद)अयउथ)ष्लिप
युटुबः जततउकस्ररथयगतग।दभरउडशकम्तष्व्धम्थ्















प्रतिक्रिया