
काठमाडौँ, २२ असोज । सानिमा बैंक लिमिटेडले थप तीन स्थानमा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।
बैंकले असोज २१ गते कपिलवस्तुको जीतपुरमा र २२ गते काठमाडौँको मध्यबानेश्वर र भक्तपुरको बोडेमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो ।
जीतपुर कार्यालयको समुद्घाटन प्रदेश सभा सांसद विष्णु पन्थीज्यू, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु, र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालले संयुक्त रुपमा गरे ।
समुद्घाटन समारोहमा बोल्दै प्रदेश सभा सांसद विष्णु पन्थीले जितपुरमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
यसैगरी मध्यबानेश्वर कार्यालयको समुद्घाटन काठमाडौँ महानगरपालिका वडा नं १० का अध्यक्ष राम कुमार के.सी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले संयुक्त रुपमा गरे । साथै बोडे कार्यालयको समुद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरे ।
त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालज्यूद्वारा ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको देशका सातै प्रदेशमा ११२ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।















प्रतिक्रिया