काठमाडौँ । पछिल्ला दिनमा सार्वजनिक कार्यक्रममा त्यति नदेखिनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज खुलामञ्चमा गरिएको बृहत् सांस्कृतिक कार्यक्रममा छमछम नाचेर दर्शकलाई केहीबरे आकर्षण पस्कन भ्याउनुभयो ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले नयाँ संविधान जारी गर्न दबाब दिने उद्देश्यले गरेको सो कार्यक्रममा उहाँ सहभागी भई जनकलाकारसँग सद्भाव साट्नुभयो । अध्यक्ष ओलीले आफू सो कार्यक्रम हेर्न र सुन्न आएको भन्दै सभालाई सम्बोधन भने गर्नुभएन ।
कार्यक्रममा अन्तरा साङ्गीतिक समूहका कलाकारले २५ प्रगतिशील गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा अशोक राई, अशोक थापा, सञ्जय तुम्रुक, श्रेशा चेम्जोङ, समाजमा व्याप्त विसङ्गति, अन्याय, अत्याचार, अन्धविश्वास, विभेद बहिष्करण विरोधी तथा माया प्रेमका गीत समेत प्रस्तुत भएका थिए ।















प्रतिक्रिया