२९ आश्विन २०८३, बिहिबार

पानीमा विष मिसाएर विद्यालयका दुई सय विद्यार्थीलाई मार्न खोजियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

beating-studentहेरात, २८ चैत । अफगानिस्तानको एक विद्यालयमा अध्ययनरत् कम्तीमा पनि दुई सयजना बालबालिकालाई विष खुवाइएको आशङ्का गरिएको छ ।

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा रहेको एक विद्यालयका बालबालिकालाई विष हालिएको पाइएको समाचारमा जनाइएको छ ।

सो कार्य अत्यन्तै रहस्यमय रहेको अधिकारीहरुको भनाई छ । शनिबार सो घटना भएको समाचारमा जनाइएको छ । हेरात प्रान्तका प्रहरी प्रमुख अब्दुल मजिद रोजीले भन्नुभयो– हेरात पन्तको अल फताह विद्यालयका करिब दुई जना साना बालबालिकालाई विषपान गराइएको छ ।

उहाँका अनुसार यसरी विष खुवाइएका मध्ये ८१ जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई विष सेवन गराइएको रहस्य खुलेको चिकित्सकहरुले जनाएका छन् । सो घटनाको अनुसन्धान सुरु भएको छ र त्यसको बारेमा कुनै पनि समाचार विस्तृत रुपमा दिइएको छैन । रासस/सिन्ह्वा