– त्रिलोचन कोइराला
यूएई । नेपाली समाज यूएईलाई छाता संस्थाको रुपमा विकास गर्न एबम समाजको भूमिकालाई अझ प्रभाबकारी बनाउन यूएईमा क्रियाशील राजनीतिक तथा जातीय संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाली समाजको आशन्न निर्वाचनको लागि गठित निर्वाचन समितिले अप्रिल १० तारिक युएईमा क्रियाशील राजनीतिक तथा जातीय संस्थाहरुसँग गरेको अन्तक्रियामा उनीहरुले समाजलाई प्रभाबकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।
निर्वाचन समितिले यहाँ रहेका राजनीतिक दलका प्रवास संगठन र जातीय संस्थासँगको अन्तक्रिया कार्यक्रम गरेको हो । यसअघि नै यहाँ रहेका बिभिन्न समजिक संस्था सँग गत हप्ता अन्तक्रिया गरेको थियो ।
अन्तक्रियामा बक्ताहरुले नेपाली समाजलाई छाता संस्थाको रुपमा बिकसित गर्न यूएइमा रहेका सामाजिक संस्थाहरुलाई नेपाली समाजमा आबद्ध गराउने, धेरै भन्दा धेरै आजीवन सदस्य, साधारण सदस्य बनाउने त्यसका लागि यूएईमा क्रियाशील राजनीतिक तथा जातीय संस्थाले सहयोगी भुमिका खेल्ने बताएका छन् ।
कार्यक्रममा उनीहरुले यूएईमा क्रियाशील राजनीतिक तथा जातीय संस्था नेपाली समाजमा संस्थागत सहभागी नरहे पनि व्यक्तिगत सहभागिता जनाएर समाजलाई अगाडी बढाउन सहयोग गर्ने जनाएका छन् ।
बक्ताहरुले यूएइमा रहेका सम्पूर्ण संघसंस्थाहरुले सामाजिक सेवाको सवालमा एकीकृत भएर लाग्नुपर्ने आवश्यकता रहेकोले यसका लागि नेपाली समाजले सबै संघ–संस्थाहरुसँग समन्वय गरेर, स्वस्तन्त्र, निष्पक्ष एबम मध्यमार्गी भूमिका खेल्नुपर्ने सुल्झाएका छन् ।
निर्वाचन समितिले कार्यक्रममा नेपाली जनसम्पर्क समितिका सभापति चित्रबहादुर केसी, प्रवासी नेपाली मञ्चका उपाध्यक्ष मोती राई, नेपाली जन प्रगतिशील मञ्चका अध्यक्ष हेमन्त पौडेल, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष काशी काफ्ले, नेपाली एकता समजका अध्यक्ष कृष्ण केसी, नेपाली सहित्य समाजका महासचिव शिब गुरुङ, नेपाल आदीवासी जनजाति महासंघ यूएईका अध्यक्ष डेरराज गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
समाजका संस्थापक सीपी सापकोटा, वर्तमान अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की लगायतको उपस्थितीमा कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य गोपाल कँडेलले गरेका थिए भने अध्यता निर्वाचन समितिका संयोजक कृष्ण पौडेलले गरेका थिए ।
समाजको निर्वाचन समितिले नेपाली समाजको अस्तित्वलाई अझ प्रभावकारी बनाउन यूएइमा क्रियाशील सम्पूर्ण संघ-संस्थालाई संस्थागत सहभागिताको लागि आगामी अप्रिल १७ तारिक सम्म रहन पाउने जानकारी गराएको छ ।















प्रतिक्रिया