२९ आश्विन २०८३, बिहिबार

अष्ट्रेलियन क्रिकेटर कार्टरको रातो टिम १ रनले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

team-redकाठमाडौं, २८ चैत । अष्ट्रेलियन क्रिकेटर रायन कार्टरको कप्तानीमा रहेको टीम रातोले मैत्रीपूर्ण क्रिकेट खेलमा टीम निलोलाई १ रनले पराजित गरेको छ ।

शनिवार किर्तीपुर क्रिकेट मैदानमा १६४ रनको लक्ष्य पछ्याएको विनोद दास नेतृत्वको टिम निलोले ३१.३ ओभरमा ८ विकेट गुमाएर १६२ रन मात्रै बनाएपछि टीम रातो १ रनले विजयी भएको हो ।

क्रिकेट बलले लागेर निधन भएका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्यजप्रति श्रद्धान्जली दिन किर्तीपुर खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको टिम रातोले निर्धारित ३३.३ ओभरमा ९ विकेट गुमाएर १६३ रन बनाएको थियो ।

टिम रातोका शरद भेषावकरले ५२ रनको अर्धशतकीय पारी खेले । अन्य व्याट्स म्यानले सामान्य प्रदर्शन गरे ।

जवाफमा विनोद दास नेतृत्वको टीम निलोले ३१.३ ओभरमा ८ विकेट गुमाएर १६२ रन मात्रै बनायो । महेश क्षेत्रीको ५८ रनको योगदानमा जितको मुखमा पुगेको निलो टीम अन्तिममा सफल हुन सकेन् ।

निलोका कप्तान विनोद दासले ४१ रन बनाए । अन्तिम तीन बलमा टीम ब्लुलाई ५ रन चाहिएको थियो । तर, पहिलो र दोस्रो बलमा १/१ रन बनाए पछि अन्तिम बलमा ३ रन चाहियो ।

क्रिजमा विनोद भण्डारी थिए । आरिफ शेखको बलमा उनले १ मात्र जोड्न सक्यो । दोस्रो रनका लागि दौडिने क्रममा उनी रन आउट भएपछि टीम ब्लु १ रनले विजयी भयो ।

यही खेलबाट विनोद दासले अन्तराष्ट्रिय क्रिकेटमा सन्यास लिएका छन् । खेल हेर्न टियू खेल मैदान किर्तीपुरमा १५ हजार बढी दर्शकको सहभागिता थियो ।