२० कार्तिक २०८३, शुक्रबार

ग्रामिण क्षेत्रमा बैकिङ्ग सेवा पाएपछि स्थानीय खुशी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-वि वि श्रेष्ठ

काठमाडौँ, १२ असोज । व्यास नगरपालिका वडा नं १४ मा सनराईज वैक लिमिटेडले शाखा रहित सेवा शुरु भएपछि स्थानिय जनताहरु खुशी भएका छन् ।

जनतालाई बैकिङ्ग सेवा दिने अभिप्राय स्वरुप केशवटारमा वैकले शाखारहित सेवा शुरु गरेको बताएको छ । शाखा रहित सेवा मार्फत वैकमा खाता खोल्न सकिने, रकम राख्न, झिक्न र पठाउन समेत सकिने वैक शाखाका कर्मचारी सुकुमाया थापाले बताए ।

ग्रामीण स्तरमा वैकको सेवा पाएपछि जनतालाई धेरै सेवा पुगेको स्थानिय वासिन्दा दुर्गा वहादुर आलेले बताए । रकम राख्न, पठाउन र डिजिटल माध्यमबाट कारोवार गर्नका लागी शाखा रहित वैकले महत्वपूर्ण भुमिका खेलेको छ । जसले गर्दा जनतालाई ग्रामिण स्थानिय स्तरमा नै सजिलो भएको उनले बताए ।

बैकिङ्ग सेवा पाएपछि त्यस भेगका स्थानिय वासिन्दाहरु पैसा राख्न, झिक्न र पठाउन सदरमुकाम झर्न पर्ने बाध्यता हटेको छ । दैनिक बैंकको सेवा लिन सेवाग्राहीहरु आएको कर्मचारी सुकुमायाले बताईन् । हालसम्म करिब ३५० जना जतिको बैक खाता खोलिसकेका छौ र कारोवार पनि गरिसकेका छौँ, वनले बताए ।

नेपाल राष्ट्र बैंकको क वर्गमा सुचिकृत भएको वैक स्थानिय वडा तहमा सेवा दिनु राम्रो भएको वडाध्यक्ष काजीमान श्रेष्ठले वताउनुभयो । विस्तारै शाखा सहितको सेवा सुचारु भएमा सम्पुर्ण कारोवार गर्न सजिलो हुने पनि उनले बताए ।

व्रान्चलेस व्रान्च मार्फत पनि सेवामा कुनै कमि नहुने बैंकले बताएको छ । वडा नं १४ मा रहेको राशी भन्ज्याङ्ग, कुलुङ्ग, केशवटार, रामकोट, सुखौरा, हर्कपुर, ठिन, नयाँ गाँउ लगायतका हजारौँ स्थानियहरु जनताहरुले वैकिङ्ग सेवावाट लाभान्वित हुने भएका छन् ।