२९ आश्विन २०८३, बिहिबार

मिस नेपाल युएस २०२१ बनिन् प्रतिक्षा शुक्ला

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विजय थापा

न्युयोर्क, १० असोज । गत शनिबार सेप्टेम्बर २५ का दिन विश्वकै सम्राट राज्य न्यूयोर्कमा सम्पन्न मिस नेपाल युएस २०२१ को प्रतियोगितामा प्रतिक्षा शुक्ला बिजेता घोषित भएकी छन् । उनले आफ्ना १० प्रतियोगीहरुलाई पछि पार्दै ताज पहिरिन सफल भएकी छन् ।

उक्त सम्पन्न प्रतियोगितामा प्रथम उप बिजेता कला न्यौपाने तथा द्वितीय उप बिजेता अलिशा लिम्बु भएका छन् ।

१० औँ संस्करणको उक्त प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरुबाट प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

मिस नेपाल युएस २०२१ अर्थात् अमेरिका नेपाल सुन्दरी प्रतियोगिता २०२१ का शीर्ष १० मा पुग्ने प्रतियोगीहरुमा क्रमस अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रिया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्याषा थापा तथा अलिशा लिम्बु रहेका थिए ।

कार्यक्रम समारोह न्यूयोर्कको क्विन्स थेटर (नाट्यकला) मा आयोजना गरिएको थियो । प्रतिस्पर्धामा सहभागी हुनु अगाडी कोभिड–१९ को जाँच गरिएको थियो ।

उक्त प्रतियोगिताका लागी आधिकारिक छायाचित्रकार (फोटोग्राफर ) राजिब श्रेष्ठ रहेका थिए ।

अमित शाहद्वारा शुरू गरिएको मिस नेपाल युएस को यो समारोह १० औँ वार्षिकोत्सव हो । मिस नेपाल युएस २०११ मा न्यूयोर्क शहरबाट सुरु भएको थियो जसमा सुजिता बस्नेतले पहिलो अमेरिका नेपाल सुन्दरी (मिस नेपाल युएस)को ताज पहिरिएकी थिइन् ।