२९ आश्विन २०८३, बिहिबार

आतंकवादीद्धारा विमानस्थलमा आक्रमण, २० सैनिक सहित ३५ जना मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

syria-airportबेरुत, २८ चैत । सिरियाको एक प्रमुख विमानस्थलमा भएको आक्रमणलाई सरकार समर्थक सेनाले असफल बनाएको र यसमा कम्तीमा २० सैनिक तथा सोही सङ्ख्यामा अन्य लडाकूको मृत्यु भएको जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्ले शनिबार दिएको छ ।

अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले स्विदा प्रान्तको खलखलाह सैनिक विमानस्थको बाहिरी भागमा शुक्रबार उक्त आक्रमण भएको बताउनुभयो ।

राष्ट्रपति बसार अल–असादसमर्थक सेनाले उक्त विमानस्थलमा नियन्त्रण कायम गरेको छ । उनीहरूले कम्तीमा २० सैनिक गुमाएका छन् भने कबि १५ लडाकूको मृत्युभएको छ ।

अब्जरभेटरीले आक्रमणारीको पहिचानको पुष्टि प्राप्त गरेको छैन भने रहमानले आक्रमणकारी इस्लामिक स्टेट समूहका जिहादी हुनसक्ने बताउनुभयो ।

खलखलाह विमानस्थल स्विदादेखि दमासकससम्म जोडिने राजमार्गसँग जोडिएको छ । रासस/एएफपी