कपिलवस्तु, २ असोज । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका– १ बनकसवासामा यात्रु बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
रुकुमबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार विहान ४ बजे दुर्घटनामा परेको हो ।
बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले जानकारी दिए ।
दुर्घटनामा सामान्य घाइते भएको १३ जनाको स्थानीय सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अन्य पाँच जनालाई भने थप उपचारका लागि बुटवल लगिएको छ ।
तीव्र गतिमा रहेको सो बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र पाण्डेले बताए ।











प्रतिक्रिया