काठमाडौं, २८ चैत । क्रिकेट बलले लागेर निधन भएका अष्ट्रेलियन ब्याट्सम्यान फिलिप हृयूजको सम्झनामा आयोजित नेपाल र अष्ट्रेलियाबीचको मैत्रीपूर्ण क्रिकेट खेल सुरु भएको छ ।
क्रिकेटर हृयूजको सम्झनामा आयोजित मैत्रीपूर्णखेल शनिवार विहान ११ बजेदेखि खेल मैदान कीर्तिपुरमा सुरु भएको हो । खेलमा अष्ट्रेलियन क्रिकेटर रायन कार्टर र टीम एण्डरसनले भाग लिएका छन् ।
खेलमा अष्ट्रेलियन क्रिकेटर कार्टरको कप्तानीमा रहेको रातो टिमले व्याटिङ गरिरहेको छ । भने टीम निलोको अर्थात नेपालको कप्तानी विनोद दास गरिरहेका छन् । नेपाल अहिले बलिङमा छ ।
खेल ६३औं ओभरमा सकिनेछ । खेल हेर्न तथा नेपाल भ्रमण गर्न आएका क्रिकेट अष्ट्रेलियाका अध्यक्ष एडवड्र्स पनि कीर्तिपुर पुगेका छन् । खेलको उद्घाटन खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले गरेका छन् ।
खेल हेर्न क्यानले १६३ रुपैयाँको टिकटको व्यवस्था गरेको थियो । खेलपछि हृयूजको ब्याट र जर्सी नेपाल क्रिकेट संघलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । क्यानले हृयूजको ब्याट र जर्सी सगरमाथामा लैजाने तयारी गरिरहेको छ । मैत्रीपूर्ण क्रिकेट खेल हेर्न हजारौं दर्शक किर्तीपुर स्थित खेलमैदान पुगेका छन् ।















प्रतिक्रिया