२९ आश्विन २०८३, बिहिबार

मुलुकको विकासमा सघाउँछौँ : एनआरएन अध्यक्ष घले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shes-ghaleम्याग्दी, २८ चैत । गैरआवासीय नेपालीको अन्तर्राष्ट्रिय सङ्गठन समन्वय परिषद् (एनआरएन)का अध्यक्ष शेष घलेले मुलुकको विकास निर्माणमा एनआरएनले सघाउने बताउनुभएको छ ।

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा एनआरएन युकेको लगानीमा निर्मित ज्येष्ठ नागरिक आश्रम भवनको उद्घाटन समारोहमा आउनुभएका अध्यक्ष घलेले मातृभूमिको उन्नतिका लागि आफूहरु सधैँ लागिरहने बताउनुभयो ।

विभिन्न प्रशासनिक झमेला र विमानस्थल अवरुद्ध तथा बन्द हडताल तथा अप्ठ्यारोलाई छिचोल्दै आफूहरु मातृभूमिको मायाकै कारण आएको भन्दै उहाँले स्रोत र साधनले पुगेसम्म मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि कोसिस गर्दै आएको बताउनुभयो ।

मुलुकको विकास निर्माणको नेतृत्व गर्ने युवा नै वैदेशिक रोजगारीको लागि विदेशिनुपरेकोतर्फ लक्षित गर्दै उहाँले सरकारलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । रासस