७ कार्तिक २०८३, शनिबार

मुक्तिनाथ विकास बैंकद्वारा ३ महिने व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत, मासिक ब्याज भुक्तानी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ भदौ । मुक्तिनाथ विकास बैंकले असोज १ गते देखि लागु हुने गरी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा भारी वृद्धि गरेको छ ।

बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर दिने भएको छ ।

साथै, बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर प्रकाशित गरेका छ ।

३ महिना अवधिको लागि वाणिज्य तथा विकास बैंकहरुले २०७८ असोज महिनाको लागि हालसम्म प्रकाशित गरेको ब्याजदर मध्येमा सो व्यक्तिगत तथा संस्थागत ब्याजदर उच्च रहेको छ ।