यूएई । वैदेशिक रोजगारीको क्रममा यूएई पुगेर विरामी परेका नेपाली युवालाई नेपाल फर्काउन सुदूरपश्चिम सेवा समाज यूएईले आर्थिक सहयोग गरेको छ ।
नेपालको सुदूरपश्चिम स्थित कञ्चनपुर जिल्लाका नरेश टमटालाई समाजले शुक्रबार सहयोग गरेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका नरेश वैदेशिक रोजगारीमा १४ महिनादेखि यूएईको पावर कम्पनीमा कामदारको रुपमा कार्यरत थिए ।
तर, एक महिनादेखि अचानक विरामी परेका नरेशको एक खुट्टाले काम गर्न छाडेको थियो । यूएई अस्पतालमा उपचार सफल नभएपछि कम्पनीले स्वदेशमै उपचार गराउन भन्दै कामबाट विदा दिएको थियो ।
विरामीबाट ग्रसित नरेशलाई सुदूरपश्चिम सेवा समाज यूएईका अध्यक्ष शिवराज जैशीको संयोजकत्वमा कार्यसमितिका पदाधिकारीहरुको उपस्थितीमा घर जान र उपचारमा केही सहयोग होस् भनेर २० हजार रुपैयाँ सहयोग गरेका छन् ।
सुदूरपश्चिमका देउडा गायक तथा सुदू्रपश्चिम सेवा समाजका महासचिब मान बहादुर केसी (मुस्कान) का अनुसार १४ महिना अगाडी रोजगारीको लागि यूएई पुगेका टमट्टा १ महिना देखि खुट्टा दुख्ने समस्याबाट पीडित थिए ।
पीडित तमट्टालाई अर्घाखाँची घर भई हाल दुबईमा कार्यरत छबिलाल खनालले सुदूरपश्चिम सेवा समाज यूएई सम्म पुर्याउनुका साथ–साथै आफ्नो ब्यक्तिगत तर्फबाट सहयोग गर्नु भएको थियो ।

















प्रतिक्रिया