
काठमाडौँ, ३० भदौ । वुधबार पनि घटेको नेप्से परिसूचक ४०.२६ अङ्कले घटेको छ ।
मंगलबार १८.५४ अंकले घटेको नेप्से वुधबार सुरुमा बढे पनि कारोबार समय सकिँदासम्म ४०.२६ अंकले घटेको हो ।
यस गिरावटसँगै नेप्से २८८९.०३ अङ्कमा झरेको छ । नेप्सेका अनुसार आज १ करोड ५ लाख ५७ हजार ८७७ कित्ता सेयर किनबेच भयो । ५ अर्ब ३५ करोड ९० लाख ९७ हजार २५१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ ।















प्रतिक्रिया