१९ कार्तिक २०८३, बिहिबार

घट्दै संक्रमण, थप ९११ जनामा कोरोना, १ हजार ४२३ निको, १३ को मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ८७८ र एन्टिजेन विधिबाट ३ हजार १४० एन्टिजेन परीक्षण गरिएकोमा ९११ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ६३ हजार ८५७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४२३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ३९ हजार ४५७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ जना रहेको छ ।

मन्त्रालयका अनुसार ४५४ संक्रमित आइसीयुमा छन् भने १४० जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ५१ लाख ६६ हजार ६८९ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ५७ लाख ७३ हजार ६१२ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९४९ जना पुगेको मन्त्रालयले जनाएको छ ।