१९ कार्तिक २०८३, बिहिबार

विधान महाधिवेशन सार्ने एमालेको निर्णय, अब असोज १५ देखि १७ सम्म हुने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ भदौ । नेकपा एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म हुने भएको छ ।

शुक्रबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले असोज ४ देखि ६ सम्म तोकिएको विधान महाधिवेशन एक साता पर सार्ने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईले अब विधान महाधिवेशन १५ देखि १७ सम्म जनाएका छन् ।

विधान महाधिवेशनका लागि आन्तरिक तयारीका लागि असोज ३ गते स्थायी कमिटी बैठक र असोज ८ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भट्टराईले जनाएका छन् ।